मनोज गजुरेल र सजिनाको प्रवेश सँगै ‘कमेडी दरबार’को २७ औं भागमा दयाहाङको टिम

...

काठमाडौं । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’मा महाराजाको रुपमा मनोज गजुरेल र नयाँ होस्टको रुपमा सजिना खनालको प्रवेश सँगै पहिलो सुट सम्पन्न भएको छ । २६ भागसम्म महाराजाको रुपमा रहेका बिजय बराललाई एक कार्यक्रमका बिच बिदाईसँगै मनोज गजुरेलको प्रवेश भएको थियो । साथै होस्टको रुपमा रहेकी पुर्व मिस नेपाल नम्रता श्रेष्ठ बिदाई भएसँगै सजिना खनाल भित्रिएकी थिइन् ।

यसैबिच कमेडी दरबारको २७ एपिसोडका लागी पहिलो सुट सकिएको छ । गएको बुधबार दुई वटा भागको सुट सकिएको हो । आज शुक्रबार आउने २७ औं एपिसोडमा चलचित्र एन्जिलाको टिम गेष्टको रुपमा रहेको छ । गेष्टमा अभिनेता दयाहाङ राई, माउत्से गुरुङ र निर्देशक मिलन चाम्स रहेका छन् । यस्तै २८ औं भाग पनि सोहि दिन सुट गरियो । उक्त भागमा हल्का रमाइलो टेलिश्रृंखलाबाट कलाकारहरु मरिचमान श्रेष्ठ, कृष्ण सिवाकोटी, सिपी पुडाशैनी र पुजन घिमिरे रहेका छन् ।

सेटमा पनि सानो परिवर्तन
२७ औं भागमा सेटमा पनि केहि परिवर्तन गरिएको छ । कमेडी दरबारको लोगोलाई बिचमा राखिएको छ भने दुई वटा सिंहको मुर्ति राखिएको छ । साथै होस्टको रुपमा सजिनासँगै निर्देशक समेत रहेका बिक्की अगरवाल रहेका छन् । होस्ट बस्ने सोफा देखी गेष्ट बस्ने सोफा परिवर्तन गरिएको छ ।