
काठमाडौँ । सल्लाघारी कन्सर्टमा आउन बालेनलाई सुशान्त केसीको निम्तो । आगामी शनिबार अर्थात् फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट आयोजना हुँदैछ । १५ हजारभन्दा धेरै दर्शक सहभागी गराउने लक्ष्य रहेको कन्सर्टमा अन्य चर्चित व्यक्तिहरूलाई पनि उपस्थित गराउने तयारी गायक केसीको छ ।
यसैबिच काठमाडौँ महानगरका मेयर बालेन शाहलाई पनि कन्सर्टमा उपस्थित हुन गायक केसीले निम्तो दिएका छन् । आफूले बालेनलाई निम्तो दिएको र उनले कन्सर्टमा सहभागी हुने आशा राखेको सुशान्तले जानकारी दिएका छन् ।
साढे २ वर्षपछि पहिलोपटक काठमाडौँ उपत्यकामा ‘सुशान्त केसी लाइभ इन नेपाल’ नामक कार्यक्रम राखिएको हो ।