‘जनै हराएको बाहुन’मा केकी र मिरुना

...

काठमाडौँ ।  फिल्म ‘जनै हराएको बाहुन’को अभिनेत्रीद्वय केकी अधिकारी र मिरुना मगर भित्रिएका छन् । निर्माण युनिटले फिल्मको मुख्य भुमिकामा यी दुवै अभिनेत्री भित्र्याएको हो । फिलमका मुख्य अभिनेताका रूपमा विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् ।

फिल्ममा यी दुई अभिनेत्री क-कसको जोडी भन्ने विषय खुलाएको छैन । फिल्म आमा र छोराबीचको कथामा निर्माण हुन लागेको हो । आमाको सुखका लागि छोराले गर्ने संघर्ष फिलमको कथा भएको निर्माण युनिटले बताएको छ । फिल्म हिमाल न्यौपानेले निर्देशन गर्न लागेका हुन् । न्यौपानेको यो डेब्यु फिल्म हो ।

पेपरक्लिप प्रालिको ब्यानरमा निर्माण हुने, आदित्य फिल्मस् निर्माता रहेको फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । फिल्ममा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन, भीएफक्स सुपरभाइजरको रूपमा मयंक निरौला रहेका छन् । चैत्रको अन्त्यसम्म छायांकनमा जाने फिल्म आगामी वर्षको हरितालिका तीज  भदौ १० गते रिलिज हुनेछ ।