
काठमाडौँ । फिल्म ‘११ः५५’ डु नट ट्रस्ट एनिवानको ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको ट्रेलरले फिल्म पारिवारिक कथामा थ्रिलर जनरामा निर्माण भएको अनुमान गर्न सकिन्छ । ट्रेलरमा फिल्मका ती दृश्यले प्राथमिकता पाएका छन्, जसले दर्शकको फिल्म प्रतिको आकर्षक बढाउने देखिन्छ ।
आगामी चैत्र ८ गते प्रदर्शनमा आउने फिल्ममा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र सागर खनालको अभिनय छ । सागरले यसै फिल्म मार्फत अभिनयमा डेब्यु गरेका हुन् ।
विचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । फिल्ममा बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय रहेको बताइन्छ । फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन् । फिल्म कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्दैछ ।