‘माया प्रीति’ फिल्ममा कलाकारको खोजी

...

काठमाडौं । नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी चलचित्र ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ । चलचित्रको प्रमुख भूमिकाको लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार साथै अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको  छ।

चलचित्रको प्रमुख भूमिकामा अभिनेत्री दिव्या रायमाझी अनुबन्ध भइसकेकी छिन् । चलचित्रको कलाकार म्यानेजमेन्ट कम्पनी ‘लिभेन्ट्स् स्टुडियो’का अनुसार यस चलचित्रकी अभिनेत्री दिव्या रायमाझीको जोडीको रूपमा अभिनय गर्ने पुरुष युवा कलाकार र अन्य कलाकारहरूको लागि यो अडिसन आह्वान गरिएको हो ।

कलाकार फाइनल भएसंगै चलचित्रको छायांकन सुरु हुनेछ।