
काठमाडौँ । यसअघि निर्माण भएको चलचित्र मुगलान अत्यन्त सफल रह्यो, जसले नेपाली समाजको कथा विश्वभर पुर्याउन सफल भयो। सोही नामबाट पुन चलचित्र बन्ने भएको छ । चलचित्रको शुभ-मुहूर्त गरिएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मुहूर्त शट निर्देशन गरेको कार्यक्रममा क्ल्याप कलाकार सबिन बास्तोला र क्यामेरा अन नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले गरेकी थिइन् ।
चलचित्रमा प्रभात पाल ठकुरी, स्मारिका ढकाल, श्री शिवांशी, दिनेश डिसी, सबिन बास्तोला, रामचन्द्र अधिकारी, रश्मी भट्ट लगायतका कलाकारहरूको अभिनय रहनेछ। नेपालका विभिन्न स्थानमा छायांकन गरिने चलचित्र गोमान सिंह निर्माता र रेहान प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो।
चलचित्र समसामयिक विषयमा निर्माण हुन लागेको हो ।