
काठमाडौँ । भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता तेरिया फौजा मगरले नेपाली चलचित्रबाट डेब्यु गर्ने भएकी छिन् । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने चलचित्र ‘मितज्यू’को मुख्य भूमिकामा उनलाई अनुबन्धित गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई पनि अनुबन्धित भइसकेका छन् ।
यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन् । जनक घर्ती मगरको लगानीमा निर्माण हुने चलचित्रका लागि दयाहाङले दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । उनीहरुले यसअघि चलचित्र ‘घरज्वाइँ’मा काम गरेका थिए ।
जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण हुनेछ । अर्को वर्षको छायांकन हुने चलचित्रमा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार को(को कलाकार रहने निर्माण टिमले सार्वजनिक गरेको छैन् ।
आगामी वर्षको चैत २७ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा भैसकेको छ । महेश राईको लेखन रहेको चलचित्रका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् ।