भिटेनको स्वरमा ‘आउटलः दफा २१९’को नयाँ गीत

...

काठमाडौँ । र्यापर भिटेनको स्वरमा समावेश ‘हामी यस्तै त होनी ब्रो’ सार्वजनिक गरिएको छ । फिल्म ‘आउटलः दफा २१९’मा समावेश यो गीत फिल्म रिलिज भएको पाँच दिनपछि निर्माणपक्षले सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु सोनु लागुन, सुमन भण्डारी लगायतलाई देख्न सकिन्छ ।

यो गीतको भिडियोलाई डिस्कोमा खिचिएको छ । यो फिल्मको निर्माणपक्षले भिटेनसँग यो गीतको अधिकार नै खरिद गरेर फिल्ममा समावेश गरेको हो ।विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि र निशा गुइडेको लगानी छ ।

फिल्ममा विक्की महर्जन र दिर्घ धामीको पटकथा छ । नविन गुरुङले खिचेको फिल्ममा चुल्ठे काजीको एक्सन छ । यो फिल्ममा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्मले दर्शकहरुबाट सुखद प्रतिक्रिया पाइरहेको छ । जसकाकारण पनि फिल्मले रिलिजको पाँचौ दिनमा पनि सुखद व्यापार गरिरहेको छ ।