पुस, काठमाडौं । नायक अनमोल केसीसँग मुख्य भुमिकामा रहेर चलचित्र ‘ड्रिम्स’मा अभिनय गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको गएको शुक्रबार दुबईमा भएको नवौं नेफ्टा अवार्ड कार्यक्रम बिशेष रह्यो । प्राय अवार्ड कार्यक्रममा बिशेष गेटअपका साथमा जाने साम्राज्ञीले लगाएको पहिरनले सो अवार्ड कार्यक्रममा भने राम्रैसँग बाटो बिराएको देखियो ।
अवार्ड थाप्नका लागी दुबईसम्म पुगेकी साम्राज्ञीले लगाएको रातो पहिरन निकै आकर्षक थियो तर त्यहि पहिरनका तस्बिरले यतिखेर सामाजिक सञ्जालतिर खुबै चर्चा पाइरहेका छन् । यसैबिच आर्टिस्टखबर डटकमले दुबईमा नायिका साम्रज्ञीको तस्बिर लिएको छ । जुन तल हेर्नसक्नुहुनेछ ।
तस्बिरः बिमल अधिकारी /आर्टिस्ट खबर