
काठमाडौँ । एभरेस्ट सूर्य बोहराको निर्देशन रहने फिल्म ‘चमेलीको पोइ’ को छायाङ्कन सुरु भएको छ । नयाँ वर्षको अवसर पारेर गत १ गते बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै शुभ साइत गरेको फिल्मले मङ्गलवारदेखि मुस्ताङबाट छायाङ्कन सुरु गरेको हो ।
मुकुन भुसाल, सुरक्षा पन्त, नारायण त्रिपाठी लगायतको मुख्य भूमिका रहने फिल्ममा बिल्सनबिक्रम राई , रवीन्द्र झा, रजनी गुरुङ, अंशु महर्जन, उमेश राई , बबिन राई , खड्गबहादुर पुन, रामनारायण उपाध्याय र निर्देशक बोहराको समेत अभिनय रहनेछ ।
पारिवारिक कथानक ‘चमेलीको पोइ’ को गीतमा शम्भुजित बाँसकोटा, राजनराज शिवाकोटी र आशिष अविरलको सङ्गीत रहनेछ । फिल्म मुस्ताङपछि काठमाडौँ र पोखरामा खिचिनेछ ।