‘कार्की साईला’को शुभ मुहर्त

...

काठमाडौँ । निर्माणधिन सिनेमा ‘कार्की साईला’को शुभ मुहर्त गरिएको छ । सोमबार कोटेस्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको शुभ मुर्हत गरिएको हो । सिनेमाको मुख्य कलाकार जितु नेपाल वर्षा सिवाकोटी र मुहर्त सट दिएर सुरु गरिएको थियो । मुहर्तमा जनकदीप पराजुलीले एक्सन कट गरेका थिए भने क्ल्यापमा निर्माता सुशील पोखरेल , क्यामेराको स्वीच अन डम्बर बहादुर राईले गरेका थिए साथै निर्मातारकलाकार उग्रसन ढुङ्गानाले नरिवल फोरेर क्यामेरा पूजा गरेका थिए ।

कर्ण बहादुर फिल्मस् प्रा।लिको व्यानरमा निर्माण हुने यो सिनेमामा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । सिनेमाका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् । बालकुमार राई निर्माता रहेको सिनेमामा द्वन्द्व राजु किराँती, सङ्गित बाबुल गिरि,नृत्य कमल राई, गीतकार तथा मुख्य सहायक निर्देशक जिवननथ गौतम र पटकथा सम्वाद अजित लामिछानेको रहेको छ ।

सिनेमामा वर्षा र जितुको अलावा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर मनिल तामाङ रहेको छ । सिनेमाले ग्रामीण जीवनको कथा भन्नेछ । भुइँ मान्छेको कथालाई सिनेमामा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिएका छन् । सिनेमाको पात्र एक भरिया हुन्। सिनेमा आगामी बैशाख २० गतेबाट धनकुटा जिल्ला को विभिन्न स्थानमा छायांकन गरिने छ यो सिनेमाका लागि अन्य केहि कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माणपक्षले बताएका छन् ।

karki saila