
काठमाडौँ । मोडल तथा पूर्व मिस नेपाल श्रृखंला खतिवडा र अभिनेत्री नीति शाहबीचको तिक्तताले पूर्णविराम पाएको छ । कुनैबेला श्रृखंलालाई युटुबर तथा भ्लगर सिसन बानियाँसँग जोडेर चर्चा गरिन्थ्यो । त्यसैगरी नीतिलाई कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग ।
तर समयक्रमसँगै श्रृखंला सिसनसँगको सम्बन्धलाई टुंगाएर सम्भवसँग विवाह गरिन् । यता, नीतिले पनि केही दिनअघि काठमाडौँ जिल्ला अदालत पुगेर अदालती बिहे गरिसकेकी छन् । यहि कारण यी दुईको सम्बन्ध बिग्रिएको थियो ।
तर हालै आयोजित एउटा विवाह समारोहमा उनीहरुले सँगै उभिएर तस्बीरसमेत खिचाएका छन् । पूर्व मिस नेपाल तथा मोडल अश्मी श्रेष्ठको विवाहमा दुवै जनाले इगो त्यागेर सम्बन्ध सुधारेका छन् ।