
काठमाडौं । ‘छक्कापञ्जा ५’ रिलिजपछि अभिनेत्री वर्षा सिवाकोटीको ब्यस्तता बढ्दो छ । उनले यसैसाता नयाँ फिल्म ‘कस्तुरी’ साइन गरेकी छन् । रीत बोहराले निर्देशन गर्ने यो फिल्मलाई धीरजकुमार अग्रवालले निर्माण गर्दैछन् ।
टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यो फिल्ममा बदलाको कथा समावेश छ । लभस्टोरी र थ्रीलर जनराको यो फिल्मलाई लिएर वर्षा उत्साहित सुनिइन् ।
निर्माताले केही दिनअघि चलचित्र विकास बोर्डबाट समेत निर्माण इजाजत लिएका छन् ।