‘के घर के डेरा : घर नं २’ को ‘आँखा’ सार्वजनिक

...

काठमाडौँ । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत सार्वजनिक भएको छ । जेठ २ गते रिलिज हुने चलचित्रको निर्माणपक्षले मङ्गलवार ‘आँखा’ बोलको गीत सार्वजनिक गरेको हो । रिकेश गुरुङको स्वर रहेको गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको सङ्गीत छ । प्रेम जोडीको कथा बोल्ने गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारमध्ये खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी छन् । गीतको भिडियोमा प्रेमी र प्रेमिकाको आँखामा एक अर्काप्रति देखिएको प्रेम देख्न सकिन्छ।

चलचित्र ‘के घर के डेरा : घर नं २’ सोसल ड्रामा हो । बुद्धि सागरको लेखन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायाङ्कन रहेको छ। ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।