पुस, काठमाडौं । राजधानीमा ४० बढी सेलिब्रेटीहरु रनवे भब्यरुपमा सम्पन्न भएको छ । पुनम इन्टरटेनमेन्ट एण्ड गौरी मल्लको आयोजनामा राजधानीमा बिहिबार साँझ आयोजित सेलिब्रेटी रनवेमा पुरानादेखी नयाँ कलाकारहरु रनवेमा उत्रिएका थिए ।
रनवे कार्यक्रमको सुरुवातमा चार आमाहरु भनेर रनवेमा बोलाइयो । त्यो भन्दा अघि नायिका गौरी मल्लले ‘आमा’ बोलको गीत गाइन् । त्यसपछि, कलाकारहरु भूवन चन्द, बसुन्धरा भुषाल, चैत्य देवी, सुभद्रा अधिकारी सुरुवातमा स्टेजमा आए । त्यसपश्चात नायिका रेखाथापाले एक गीत गाएकी थिइन्
पहिलो पुस्ताका आमाहरुको रनवे पछि दोश्रो पुस्ताका चलचित्रकर्मीहरु तुलसी घिमिरे, भूवन केसी, सरोज खनाल, कृष्ण मल्ल, विजय लामा, निखिल उप्रेती, लक्ष्मी गिरी, रुपा राना, दीपाश्री निरौला, सरिता लामिछाने, संचिता लुइटेल रनवेमा आए ।
त्यस्तै नायिका केकी अधिकारी, ऋचा शर्मा, आशिफ शाह, रीमा विश्वकर्मा, दिकपाल कार्की, सुशिल श्रेष्ठ, नाजिर हुसेन, वेनिशा हमाल, सुष्मा कार्की, गौरव पहारि, आर्यन अधिकारी, पुष्पल खड्का, मलिना जोशी, नम्रता सापकोटा, मरिष्का पोख्रेल, अनु शाह, अशिष्मा नकर्मी, चाँदनी शर्मा, श्रृष्टी श्रेष्ठ, सुरक्षा पन्त, बर्षा राउत, श्रद्धा प्रसाई र साहारा कार्की, बालकलाकार अनुभव रेग्मी, हेयर डिजाइनर निल डेभिड, गायिका रेखा शाह र्याम्पमा उत्रिएका थिए ।
कार्यक्रममा १० फेशन मोडलहरुको पनि सहभागिता रह्यो। कार्यक्रममा भारतीय डिजाईनर विशाल कपूर र नेपाली डिजाइनरहरुको डिजाइनमा कलाकारहरु देखिएका थिए । कार्यक्रम दृष्टी बिहिनहरुको सहयोगार्थ आयोजना भएको हो ।