
काठमाडौँ । ‘चलचित्र झिल्को’को ट्रेलर सार्वजनिक गरिएको छ । मोबाइल प्रयोगबाट बालबालिकामा परेको असर ट्रेलरमा देखाउन खोजिएको छ प्रविधिको अत्यधिक प्रयोगले गम्भीर असर पार्न थालेको छ, जसबाट शारीरिक, मानसिक तथा भावनात्मक असर परिरहेको छ । ट्रेलर हेर्दा फिल्मले यस्तै विषयवस्तु उठाएको अनुमान गर्न सकिन्छ ।
मिडिया फर कल्चर प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ, जेभीश श्रेष्ठलगायतको अभिनय छ । फिल्म मार्फत रङ्गकर्मी सुनिल पोखरेल १६ वर्षपछि फिल्ममा देखिँदै छन् । फिल्मका कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । जनता टिभीको फिल्म निर्माणमा सहकार्य रहेको छ ।
फिल्मले मोबाइल प्रयोगबाट बालबालिकाको शिक्षामा प्रभाव देखिने, सामाजिक सम्बन्धहरू कमजोर हुने तथा संवेदनशीलता हराउने खतरा हुने देखाईएको छ ।