
काठमाडौँ । ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा सन्चालनमा आएको छ । काठमाडौंको बसन्तनगर, बलाजुमा नयाँ शाखा सञ्चालनमा आएको हो । कार्यक्रमलाई विधिवत रूपले उद्घाटन आफ्ना गुरु रुसका श्रेष्ठ र राधा शर्मा गरिएको थियो । साथै मिस पवि, झरना रिसाल, सुजल बम ,सविता रेग्मी, अनिता गिरी, सृष्टि घिमिरे लगायतका कलाकारको पनि उपस्थिती थियो ।
सौन्दर्य क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बोकेकी ब्यूटी एक्सपर्ट चन्दा पुनले आफूले स्थापना गरेको नयाँ शाखामा तीन महिनासम्मका लागी ५० प्रतिशतको छुटको ब्यवस्था गरेको बताइन्। । गोंगबु, टोखा–९, माग्दीचोकमा अवस्थित केन्द्रको सफल यात्रापछि व्यवसाय विस्तारको क्रममा पुनले नयाँ शाखा स्थापना गरेकी हुन्। यस सौन्दर्य केन्द्रमा विभिन्न सौन्दर्य सेवासँगै, ब्यूटी सम्बन्धी पेशागत तालिम समेत प्रदान गरिन्छ।
चन्दा पुनले विगत २० वर्षदेखि सौन्दर्य क्षेत्रमा सक्रिय रही, लाखौं ग्राहकहरूलाई सेवा दिँदै आएका छन्। सिटीभिटी मान्यता प्राप्त क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’ बाट उनले हजारौँको सङ्ख्यामा विद्यार्थीहरूलाई व्यवसायिक प्रशिक्षण दिई स्वावलम्बी बन्न प्रेरित गरेकी छन्।