‘केही भनेकै छैन’ गीतमा सुदिप र शान्तीश्रीको स्वर

...

काठमाडौँ । नयाँ सार्वजनिक लोकदोहोरी गीत ‘केही भनेकै छैन’मा सुदिप अधिकारी र शान्ती श्री परियारले स्वर दिएका छन् ।

शब्द तथा संगीत सुदीप अधिकारीको छ । कमल सौरागको संगीत संयोजन रहेको गीतमा कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहेको छ । खुमन राना र सुमन रानाले गीत रेकर्डिङ गरेका छन् । गीतको भिडिओ सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय रहेको छ । सुदीप बरालको छायांकन रहेको गीतको भिडिओ सम्पादन मनोज कार्कीले गरेका छन् । गाउँले परिवेशमा खिचिएको भिडिओमा ग्रामीण जनजीवन समेटिएको छ । लेकबेसी, गोठालो, र पानी पँधेरो गर्दा युवा युवतीबीच बसेको प्रेम गीत र भिडिओमा समेटिएको छ ।

गीतमा प्रेममा रहेको जोडीको प्रेमिल कल्पना, प्रेमिकालाई छोडेर टाढा जानु पर्दाको पीडा र त्यसक्रममा हुने युवायुवतीको संवाद गीतमा सुन्न र देख्न सकिन्छ ।