‘भ्वाइस किड्स’ मा प्रमोद खरेल

...

काठमाडौं ।  ‘भ्वाइस किड्स’ चौंथो सिजन मा गायक प्रमोद खरेल को आगमन हुने भएको छ । मे २० देखि ‘भ्वाइस किड्स’ चौंथो सिजनको ब्लाइन्ड अडिसनको छायांकन सुरु हुने तयारीमा छ । यो बीचमा दर्शकलाई खुसीको खबर छ । ‘भ्वाइस किड्स’मा प्रमोद कोचको रुपमा देखिनेछन् ।

मेलिना राई र खेम सेन्चुरी पनि कोचको रुपमा देखिनेछन् । यद्यपि, यी कोचबारे औपचारिक घोषणा हुन बाँकी छ । अर्का एक कोच तय हुन बाँकी रहेको स्रोतले बताएको छ ।

‘भ्वाइस किड्स’को यो सिजनमा नेपाल, भारत र विभिन्न देशबाट समेत बालबालिकाले आवेदन दिएका छन् ।