‘महाराजधिराज’मा वर्षा सिवाकोटी

...

काठमाडौँ । परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘महाराजधिराज’मा अभिनेत्री वर्षा सिवाकोटी फिल्ममा अनुबन्धित भएकी छन् । यस चलचित्रमा  नाम चलेका कलाकारहरु जोडिने श्रृंखला रोकिएको छैन । पल शाह हुँदै रमेश उप्रेती र आर्यन सिग्देलपछि अब  निर्माण पक्षले बिहीबार वर्षासँग लिखित सम्झौता गरेको हो । उनको प्रवेशसँगै फिल्ममा कलाकारको ‘लाइनअप’ थप बलियो बनेको छ ।

फिल्ममा तीनजना नायक रहेकाले वर्षाको जोडी कोसँग बाँधिनेछ भन्ने चासो दर्शकमा देखिएको छ । गत माघमा पलको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै ‘महाराजधिराज’को निर्माण घोषणा गरिएको थियो ।

दुई अलग चरित्रमा प्रस्तुत भएका उनी एउटामा नग्न अवस्थामा सिंहासनमा बसेका छन् भने अर्कोमा शिरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षी पहिरनमा देखिएका छन् । यो फिल्म आगामी फूलपातीको दिनबाट प्रदर्शन हुनेछ ।