२०८२ का ५ बहुप्रतिक्षित सिनेमा

...

काठमाडौँ ।  २०८२ साल नेपाली सिनेमा क्षेत्रका लागि विशेष महत्वको वर्ष बन्ने संकेत देखिएको छ। केही यस्ता सिनेमा छन्, जुन दर्शकले लामो समयदेखि प्रतिक्षा गर्दै आएका छन्, आजको रिपोर्टमा हामी पाँच बहुप्रतिक्षित सिनेमाको चर्चा गर्नेछौं ।
– ‘बलिदान’

निर्देशक सन्तोष सेन नेतृत्वको निर्माण टिमले  ‘बलिदान’ चलचित्रलाई २०८२ सालको फूलपाती (असोज १३) मा सार्वजनिक गर्ने निर्णय गरेको छ । चलचित्रमा ‘१२ गाउँ’ बाट चर्चामा आएका अभिनेता समीर भट्ट प्रमुख भूमिकामा छन् । साथै, अनुभवी कलाकारहरू सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

balidan

-‘एक्लो’

‘एक्लो’ मार्फत निर्देशक प्रदीप शाहीले नेपाली सिनेमाको दायरा अझ फराकिलो बनाउँदैछन् पौराणिकता, अस्तित्ववादी भय र गहिरो दृश्य–कथावाचन शैली अपनाएका छन्। फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपाली , त्रुचु राई, कृष्णभक्त महर्जनलगायत कलाकारको अभिनय छ । ‘एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन्।

eklo poster

‘माइतीघर ’

माइतीघर  नेपाली सिने इतिहासकै पहिलो प्रतिष्ठित सिनेमामध्ये एक हो। नयाँ ‘माइतीघर’ मूल कथामा आधारित हो या  पुनर्निर्माण हो त्यो हेर्न बाँकी छ। तर यसको नामले दर्शकमा गहिरो भावनात्मक प्रभाव पार्ने निश्चित छ। रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा  केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय रहनेछ । फिल्मलाई दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ ।

Kedar-Ghimire-

-’जारी २’

’जारी २’ २०८० सालको ब्लकबस्टर फिल्म ’जारी’ का निर्देशक उपेन्द्र सुब्बाले नै लेखन तथा निर्देशन गर्दैछन्। फिल्म यसै वर्षको दसैंमा रिलिज गरिने निर्माण टिमले घोषणा गरेको छ। चलचित्रमा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरूना मगरको मुख्य भूमिका रहनेछ।

– ‘जेरी अन टप’ 
‘जेरी’ २०७० सालको सफल रोमान्टिक–ड्रामा सिनेमा हो जसले युवा पुस्ताको मन जितेको थियो। ‘जेरी अन टप’ यसको सिक्वेल वा स्पिन–अफ हो भन्ने अनुमान गर्न सकिन्छ। सुयोग गुरूङको निर्देशनमा बनेको फिल्ममा अनमोल केसी, जसिता गुरूङ, आँचल शर्मा, भुवन केसी, विपना थापा, केदार घिमिरे (माग्नेबुढा), सुरक्षा पन्त, निर्मल शर्मा लगायत कलाकारहरूको अभिनय छ।