सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर

...

काठमाडौँ । अभिनेत्री सुरक्षा  पन्तले अचम्मको एउटा तस्बिर सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्बिरमा कुनै भाषाको अक्षर प्रिन्ट भएको जस्तो उनी कमलको फूलबिचमा देवी जस्तै बसेकी छन् । टाउकोमा कालो चस्मा अड्याएकी छन् । ट्याटु भएको हातमा रंगीचगी चुरा लगाएकी छन् । सुरक्षालाई झट्ट हेर्दा कुनै देवी अर्थात दुर्गा भवानीको अवतार जस्तो देखिएको छ।

सुरक्षाको तस्बिरलाई प्रतिक्रिया दिनेहरूले अनेक अर्थ लगाएका छन् । आफूलाई अनावश्यक आलोचना र प्रतिक्रियाले केहि फरक नपर्ने कुराको सङ्केत तस्बिर मार्फत दिएको हुनसक्ने  आकलन उनका फ्यानहरुले गरिरहेका छन् ।