‘ऊनको स्वीटर’ को ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक

...

काठमाडौँ । दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित गर्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ। गीतमा एलेक्स पारस र परीक्षा लिम्बुको अभिनय र नृत्य देख्न सकिन्छ।

गीतमा सुजन चापागाईँ र सलिना विकको स्वर रहेको छ भने सङ्गीत पनि चापागाईँले नै तयार पारेका हुन् । हर्क साउदको शब्द रचना रहेको गीतको कोरियोग्राफी रोशन बिकले गरेका छन् । गीतको एरेन्ज कुशल सिंह र विकेश बज्रले मिलेर गरेका हुन् ।

शुक्रवारबाट प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ ले हलमा उल्लेखनीय व्यापार गरिरहेको छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ ।