चलचित्र ‘तुलसीराम’ घोषणा

...

काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर चलचित्र  ‘तुलसीराम’ बन्ने भएको छ। बुद्ध जयन्तीको अवसर पारेर  ‘तुलसीराम’ निर्माण घोषणा गरिएको हो। फिल्म आगामी जेठको अन्तिम साताबाट छायांकनमा जाने निर्माण पक्षले जानकारी दिएको छ। फिल्मको छायांकन काठमाडौं, चित्लाङ र हेटौडाको विभिन्न ठाउँमा छायांकन गरिनेछ।

एल आरआरको ब्यानरबाट निर्माण हुन् लागेको फिल्मका निर्माता बाबु शाहेब बलामी हुन्। फिल्मको कथा बलामीकै छ भने लेखन शंकर अधिकारी घायलको हो।

फिल्मको कार्यकारी निर्माता तथा द्वन्द्व निर्देशक देव महर्जनको रहने छ भने फिल्ममा विकास चौधरी र शंकर कृष्ण घायलको संगीत रहनेछ।