
काठमाडौँ । सुशान्त केसीको हिन्दी गीत ‘उफ्’ भारतको ‘शीर्ष ५० भाइरल गीत’को सूचीमा ४७ औं स्थानमा पुगेको छ। गीत रिलिज भएको दुई सातापछि स्पोटीफाई, युट्युब, र आईट्युन्समा लोकप्रियता बढिरहेको छ । यो गीतमा सुशान्त र स्वस्तिमा फिचर्ड छन् ।
२ साताअघि टि सिरिजको युट्युब च्यानलबाट गीत रिलिज भएको थियो । रिलिज भएयता यो गीतलाई स्पोटीफाई, युट्युब, आईट्युन्समा रुचाइएको छ ।उफ् सुशान्तको बहुचर्चित नेपाली गीत ‘बार्दली’को हिन्दी भर्सन हो ।