आमिर खानको फिल्ममा नेपाली डिजाइनरको टाइपो

...

काठमाडौँ । आमिर खानको फिल्म ‘सितारे जमीन पर’ को ट्रेलरमा नेपाली ग्राफिक्स डिजाइनर आनन्द महर्जनले तयार पारेको हिन्दी टाइपो प्रयोग गरिएको छ। महर्जनले लगभग ७० वटा हिन्दी फिल्ममा टाइपो तयार पारेका छन्।

महर्जनले बलिउडको प्रसिद्ध पोस्टर डिजाइनर कम्पनी एच वानसँग मिलेर काम गर्दै आइरहेका छन् । उनले एच-वानको लागि नेपालबाट आउटसोर्सिङ काम गर्दै आइरहेका छन् ।