
काठमाडौँ । हत्याको घटनामा जोडेर भारतीय मिडियाले दिपाश्री निरौलाको फोटो राखेको छ। तर उनि भन्छिन् मेरो तस्विर राखेर दुरुपयोग गरियो, भ्रम छर्न खोजियो। भारतीय मिडियाले अहिले नेपाली मोडल अञ्जना लामाको मृत्युसँग सम्बन्धित समाचारलाई फरक तरिकाले कभर गरिरहेको छ। यसैक्रममा दिपाश्रीको फोटो अञ्जना लामाको जेठानीको रुपमा राखिएको छ।
यता कलाकार दीपाश्री निरौलाले आफ्नो तस्वीर गलत तरिकाले प्रयोग भएको भन्दै भ्रम फैलिएको स्पष्ट पारेकी छन्। दीपाश्रीले उक्त फोटोलाई भारतीय मिडियाले दुरुपयोग गरेको र आफ्नो कुनै सम्बन्ध नभएको बताइन्।
दैनिक भाष्करले अन्जना मृत भेटिएको केही वर्षअघिको उक्त घटनाबारे लेखेको छ । उक्त न्यूजभित्र दीपाश्रीको एक तस्वीर प्रयोग भएको छ जहाँ उनलाई अञ्जनाकी जेठानीको रुपमा एक पुरुषसँग देखाइएको छ ।