मोफसल यात्रामा ‘ऊनको स्वीटर’

...

काठमाडौँ  । वैशाख २६ गते रिलिज भएको फिल्म ‘ऊनको स्वीटर’को निर्माण टोली कलाकारसहित मोफसल यात्रामा निस्केको छ । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म पनि बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । मोफसल यात्राअन्तर्गत आइतबार बुटवल आएको चलचित्रका कलाकार तथा निर्माण टोलीले दर्शकहरुसँग भेट गरेका छन् । कलाकारसहितको निर्माण टोलीले बुटवलका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको हो ।

अभिनेत्री परीक्षा लिम्बू, गायक सुजन चापागाईं तथा कार्यकारी निर्माता मिलन खत्रीले मोफसल यात्राको अनुभव सुनाउँदै आफूहरुले अपेक्षा गरेको भन्दा बढी उत्साह दर्शकमा देखिएको सुनाएका छन् ।

फिल्म युनिटले बुटवलपछि चितवन, पोखरा हुँदै पूर्वमा विर्तामोडसम्म पुगेर मोफसल यात्रा समापन गर्ने जनाएको छ ।