फिल्म ‘आ बाट आमा’ निर्माण घोषणा

...

काठमाडौँ । फिल्म ‘आ बाट आमा’ निर्माण घोषणा गरिएको छ।  निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आ बाट आमा’ बनाउने भएका छन्। उनले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म बनाउने घोषणा भएका हुन्। साथै फिल्मको प्रदर्शन मिति फागुन १५ गतेलाई समेत तय भएको छ। सार्वजनिक गरिएको थिम पोस्टरमा बच्चाले आमाप्रतिको माया दर्शाएको छ। रोइरहेकी आमालाई बच्चाले आँसु रोक्ने प्रयत्न गर्दैछ। यसबाट थाहा हुन्छ कि यो फिल्मको कथा आमाप्रति सन्तानको माया कति छ भन्ने कुरालाई दर्शाउने छ।

आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतीमा निर्माण हुने यस फिल्मको छायांकन आगामी भदौबाट हुनेछ। यो फिल्मको कलाकार को को हुनेछन् भन्नेमा निर्माण पक्षले जानकारी दिएको छैन। फिल्मलाई अभिमन्यु निरवीले लेखेका हुन्।

निर्देशक पन्तका अनुसार अहिले फिल्मको थिम पोस्टर मात्रै सार्वजनिक गरिएको हो। केहि दिनमा कलाकारका साथै यस फिल्मको प्राविधिक पक्षको नाम सार्वजनिक गरिने छ।