‘जनै हराएको बाहुन’को प्रदर्शन मिति तय

...

काठमाडौँ । चलचित्र ‘जनै हराएको बाहुन’ आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले सोमबार चलचित्रको कथा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएको हो ।

चलचित्रमा अभिनेत्री केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा , विजय बराल लगायतको पनि अभिनय छ ।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सीआर बस्नेत, फिलिप डिसी, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।