
काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् ।
‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने स्रोतले बताएको छ । चलचित्रको थिम पोस्टरमा निलो रङको बीचमा एक महिला उभिएकी छन् । अन्य कलाकार अनुबन्ध हुने क्रममा छन् ।