
काठमाडौँ । चलचित्र ‘चमेलीको पोइ’को छायाङ्कन सकिएको छ । ३४ दिनको नियमित छायाङ्कनपछि फिल्म सकिएको हो । मंगलबार मुस्ताङको मुक्तिनाथ मन्दिरमा फिल्मको ‘इन्डक्ल्याप’ गरिएको हो ।
चलचित्रमा मुकुन भुसाल, सुरक्षा पन्त, नारायण त्रिपाठी विल्सन विक्रम राई (तक्मे बुढो), रवीन्द्र झा, रजनी गुरुङ, अंशु महर्जन, उमेश राई (फुलन्देकी आमा), बविन राई (गल्फने), खड्गबहादुर पुन (खबपु), मिरा गौतम, अनिल गुरुङ, गणेश गौतम, रितु मल्ल ठकुरी लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।