
काठमाडौँ । चलचित्र ‘जन्ते बाख्रो’ को ‘मुकु मुकु म्या’ बोलको गित सार्वजनिक भएको छ । जी ट्वान्टीवान डिजिटल युट्युब च्यानलमार्फत ‘मुकु मुकु म्या’बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा फिल्मका मुख्य पात्रहरू सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी लगायत फिचर्ड छन्।
कृष्ण भारद्वाजको स्वर रहेको गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द र रिकेश गुरुङको संगीत छ। प्रदीप लामाको कोरियोग्राफीमा तयार भएको गीतलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। फिल्म यहि जेठ २३ देखि प्रदर्शनको तयारीमा छ।