सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा वर्षा राउत नियुक्त

...

काठमाडौँ ।  अभिनेत्री वर्षा राउतलाई  सीजी मोटर्सले  e:xtraordinary AION V को आधिकारिक ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको छ। ब्रान्ड एन्डोर्सर नियुक्त गरेको घोषणा गर्दै उक्त गाडी पनि हस्तान्तरण गरेको छ । नेपालमा AION  इलेक्ट्रिक सवारीहरूको आधिकारिक बिक्रेता सीजी मोटर्स हो ।

AION V काे लक्जरी, स्मार्टनेस र व्यवहारिकता आफ्नै  जीवनशैलीसँग मेल खाने अभिनेत्री वर्षा राउतले बताएकी छिन् । ”AION V केवल गाडी होइन – यो त एक अनुभव हो। यसको लक्जरी, स्मार्टनेस र व्यवहारिकता मेरो जीवनशैलीसँग गहिरो रूपमा मेल खान्छ। मसाज सिट, हिटिङ–कुलिङ, इनबिल्ट रेफ्रिजरेटर जस्ता फिचरहरूले यो गाडीलाई अरू सबैभन्दा फरक बनाएको छ। यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा म गर्व महसुस गर्दैछु – जुन नेपाललाई सफा, स्मार्ट तथा हरित भविष्यतर्फ लैजान प्रतिबद्ध छ।” उनले भनिन् ।