अभिनेत्री बिपनाले साइन गरिन् नयाँ चलचित्र

...

काठमाडौँ । अभिनेत्री बिपना थापा ‘आ बाट आमा’ चलचित्रमा  अनुबन्धित भएकी छन् । ‘आ बाट आमा’मा  बिपना थापा मुख्य भूमिकामा देखिने भएकी छिन् । चलचित्रको छायांकन आगामी भदौबाट सुरु हुनेछ। बिपनाले फिल्म ‘ह्रस्व दीर्घ’मार्फत १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी  थिइन् ।

फिल्मले आमा र सन्तानबिचको गहिरो कथा भन्ने छ। आमाको भूमिकामा बिपना भएता पनि अन्य कलाकारको छनोट हुन बाँकी नै रहेको निर्माण पक्षले जनाएको छ। अन्य कलाकार र प्राविधिकहरूको पनि टुङ्गो छिट्टै लाग्ने निर्देशकले बताए।  यो चलचित्र आगामी फाल्गुन १५ गतेबाट सार्वजनिक रूपमा नै प्रदर्शनमा आउने छ।