हलमा लाग्यो ‘नरसिंहा : अवतार’

...

काठमाडौँ । आज शुक्रबारबाट चलचित्र  ‘नरसिंहा : अवतार’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । शुक्रबारको लागि यो फिल्मले देशव्यापी १३३ शो पाएको छ ।

‘नरसिंहा : अवतार’ अभिनेता राजेश हमाल ८ वर्षपछि अभिनयमा कमब्याक गरेका फिल्म हो । लामो समयपछि राजेशको फिल्म आउन लागेकोले दर्शक फिल्मलाई लिएर उत्साहित छन् ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजेशको अलवा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकार अभिनय छ ।