चर्चित अभिनेता ओम पुरीको ह्दयघातको कारण निधन

...

पुस, मुम्बई । बलिउडका चर्चित अभिनेता ओम पुरीको शुक्रवार बिहान ह्दयघातको कारण निधन भएको छ । ६६ बर्षिय पुरीको मुम्बईमा निधन भएको हो ।

om-puriअघेरीस्थित उनको घरमा राखिएको शबलाई बलिउडका आर्टिस्टहरुले श्रृद्धाञ्जली दिनेक्रम चलेको छ ।

पुरीले १९७६ मा पुणे फिल्म संस्थानवाट प्रशिक्षण लिएका थिए । सन १९७६ मा मराठी चलचित्रवाट घासीराम कोतवालवाट करिअर सुरु गरेका थिए । ३०० बढी हिन्दी चलचित्रमा काम गरेका ओम पुरीले हलिउड फिल्ममा समेत अभिनय गरेका छन् ।


पञ्जाबको पटियालामा प्रारम्भिक शिक्षा लिएका ओम पुरीले सन १९७३ मा राष्ट्रिय नाट्य विद्यालयवाट स्नातक गरेका थिए ।
बलिउडका सेलिब्रेटीहरुले घरमै गएर र त्यसैगरी सामाजिक सञ्जालहरुबाट पनि उनलाई श्रृद्धाञ्जली दिएका छन् ।