
काठमाडौँ । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा एक लामो स्ट्याटस पोस्ट गर्दै राजेश हमाललाई शुभकामना दिएका छन् । करिब ८ वर्षपछि फिल्म ‘नरसिंहा : अवतार’ मार्फत अभिनयमा कमब्याक गरेका अभिनेता राजेश हमाललाई सफलताको शुभकामना दिएका हुन् ।
उनले लेखेका छन्..
चलचित्रहरू लाइ धेरै शुभ कामना दिइयो !
तर आजको शुभकामना केहि फरक छ !!
हुनत शुभकामना भनेर फोटो राखेर ब्याख्या नगर्री लेख्ने छुट पनि थियो मलाइ ,
तर मेरो मनले मानेन त्यसैले केही शब्दहरू कोर्दैछू!
मैले ठूलो पर्दाको कलाकारको रूपमा पहिलो फिल्ममा अभिनय गरे जस्को नाम थियो “चोर “
त्यसमा राजेश हमालज्यू संग पर्दामा संगै देखिने अबसर जुट्यो! त्यसपछि पहिलो फिल्म निर्माण गर्ने मौका पाए “ छ एकान छ” , त्यसमा पनि राजेश हमालज्यू ले अभिनय गरिदिएर हामिलाइ गुन नै लगाउनु भएको थियो , हाम्रा चलचित्रहरूले सफलता प्राप्त गरिरहदा हलमा आएर बधाइ पनि दिनु भएको थियो ! पछि देश र बिदेशमा थुप्रै स्टेज कार्यक्रमहरू संगै गरियो, उहॉ संगै घन्टौ गफ गरेर रमाइलो गरेको पनि हिजो जस्तै लाग्छ !
तर पछिल्ला समयमा स्थिति केहि फरक भैदियो
४ बर्ष अघिको त्यो घटना सम्झन्छू ,जुनबेला कोभिडको माहामारी चलिरहेको थियो ,त्यतिबेला मेरो सहकर्मीले उहॉ बाट यस्तो बेलामा समाजले अभिभावकत्व खोजिरहेको छ भन्ने आशयको अभिब्यक्ति दिदा केही त्रुटी हुन गयो जस्लाइ संजालले यसरी twist गरिदियो कि उहॉलाइ जनताले दिएको पदबी माथि नै हाम्रो आपत्ति छ अथवा दाबि नै छ भन्ने भाष्य निर्माण भइदियो ,जुन आफैमा उदेक लाग्दो अपत्यारीलो र असहज थियो !
पछिल्ला दिनमा हाम्रो भेट हूंदा पनि त्यहि आदरभावले नै भेटेको छू किनकि आफू जहॉ पुगे पनि संस्कार चाहि भूल्नू हुन्न भन्ने कुरा मैले राम्ररी बुझेको छू !
मेरो लेखाइ यहॉ सम्म आइपुग्दा मैले आफैले एउटा पोडकाष्टमा भनेको कुरा याद आयो !
“जस्ले तिम्लाइ बुझेका छन् उनिहरूलाइ बुझाउनै पर्दैन !जस्ले तिम्लाइ बुझ्न चॉहदैनन् ,
उनिहरूले टाउको फुटाए पनि बुझ्दैनन “ !
जे होस ,दुनियॉले जे सुकै भनोस, कुछ तो लोग कहेगे…
त्यसै पनि आजकल संजाल भनेको गालि ,गलौच, धृणा र दे्ष फैलाउने असंबेदनशील माध्यमको रूपमा परिचित छ तर हामि कलाकारहरू बाट समाजले सधै प्रेम ,स्नेह र संस्कार नै खोजिरहेको हुन्छ ! त्यसैले आज सहि समय आएको छ , पुन : एकपल्ट त्यो संस्कार प्रदर्शन गर्ने , त्यहि प्रेमभाव कायम गर्ने !
८ बर्ष पछि रजतपटमा आफ्नो चलचित्र लिएर फर्कनु भएका आदरणीय महानायक राजेश हमाल दाइ लाइ चलचित्र “नरसिंह अबतारको धेरै धेरै शुभकामना !
मनग्गे सम्मान छ त्यो झनै बढ्दै जाओस!!