
काठमाडौँ । १२ औं म्युजिक खबर म्युजिक अवार्ड –२०८१ आगामी जेठ २३ गते राजधानीमा सम्पन्न हुने भएको छ। अवार्डअन्तर्गत उत्कृष्ट पाचको मनोनयन सूची सार्वजनिक गरिएको छ। गीतसंगीतका विभिन्न ३६ विधाका स्रष्टा र सिर्जनाको उत्कृष्ट पा“चको मनोनयन सार्वजनिक गरिएको हो। मनोनयन सूचीअन्तर्गत उत्कृष्ट पप गीतकारमा डब्बु क्षेत्री, रमेश कोइराला, राज कर्माचार्य र सुरेश क्षेत्री, पप संगीतकारमा आश्रा कुवर, जुगल डंगोल, योगेश काजी, टीका बमजन र राजेन्द्र बजगाईं, पप गायकमा चेस्टर लिम्बू, छिरिङ भोटे, प्रेज्ज्वल नेपाली, विनय कार्की र टीका बमजन, पप गायिकामा आश्रा कुँवर , ईश्वरी बराल, सारिका घिमिरे, सरु गौतम र सरिता भारती, लोकदोहोरी म्युजिक भिडियो पुरुष मोडलमा बादल घिमिरे, सुमन परियार, लोमश शर्मा, सुरेन्द्र कुमार दाहाल र पल शाह, लोकदोहोरी म्युजिक भिडियो महिला मोडलमा अस्मिता पुरी, अस्मिता राना, जुना कार्की, जुना गुरुङ र नारायणी खत्री, म्युजिक भिडियो निर्देशकमा विशाल घिमिरे, चित्र मास्की मगर, याम गुरुङ, जेरी भण्डारी र मौसम हिमाली, लोकदोहोरी शब्दमा सूर्य कुमार परियार, सन्तोष सापकोटा, अनिश दवाडी, सामना शाह र रमेश परियार, लोकदोहोरी भाकामा कृष्ण केसी, सन्तोष दवाडी, विवेक धिताल, कमल बिसी माल्दाइ र निश्चल दवाडी, लोकदोहोरी गायकमा अर्जुन सापकोटा, खेम सेन्चुरी, बद्री सापकोटा, सरोज लामिछाने र सुशील ज्ञवाली, लोकदोहोरी गायिकामा सुनिता बुढा क्षेत्री, रेजिना परियार, शान्तिश्री परियार, संगम लामिछाने र दीपिका बयम्बु मनोनयनमा परेका छन्।
त्यसै गरी लोकगीतमा समीक्षा अधिकारी, रामचन्द्र चन्द, कृष्णा मल्ल, गोविन्द भट्ट र बालकुमार श्रेष्ठ, नवप्रतिभामा अन्जु विश्वकर्मा, सुमि पराजुली, पर्म लाउलानी, रायन बस्याल र संगीता बडुवाल फिल्म गीतकारमा जयन जे वाइबा, प्रमोद ढुंगाना, हर्क साउद, सुरेन्द्र राना र यादव लम्साल, फिल्म संगीतकारमा अर्जुन पोखरेल, एसडी योगी, सुबास भुसाल, दिपक शर्मा र आशिष अविरल, पाश्र्व गायकमा प्रकाश सपुत, निशान भट्टराई, एसडी योगी, सुमित खड्का र सबिन सुवेदी, फिल्म पाश्र्वगायिकामा समीक्षा अधिकारी, शान्तिश्री परियार, नम्रता काफ्ले, मुना ठटाल र इन्द्रकला राई, आधुनिक म्युजिक भिडियो पुरुष मोडलमा दिपक घिमिरे, प्रभातपाल ठकुरी, शितल केसी, विनोद श्रेष्ठ र बिमल अधिकारी, आधुनिक म्युजिक भिडियो महिला मोडलमा उषा सुवेदी, ऋचा थापा, एलिना रायमाझी, ललना चिमोरिया र गरिमा शर्मा, आधुनिक म्युजिक भिडियो निर्देशकमा शान थापा, सुब्रतराज आचार्य, जीबी आग्री, विक्रम चौहान र केशवराज भट्ट, युगल गायनमा नरेश रेग्मी र अन्जु पन्त, किरण भुजेल र प्रतिमा केसी, दिपकराज विश्वकर्मा र मुना ठटाल, सुमन केसी र अनु चौधरी तथा बीपी वाग्ले र विद्या तिवारी, आधुनिक गीतकारमा रमेश दाहाल, हरिराम पौडेल, महेश आचार्य, डा.ओमकृष्ण प्रसाईं र भुपेन्द्र बुढाथोकी, आधुनिक संगीतकारमा नरहरि प्रेमी, सुरज पण्डित, विपिन अचार्य, सञ्जिव कुमार पौडेल र केशव पौडेल, आधुनिक गायकमा कृष्ण केसी, गोविन्द मधुर आचार्य, सुरज पण्डित, प्रल्हाद तिमिल्सिना र हिमाल सागर, आधुनिक गायिकामा बबिना भट्टराई, निखिता थापा, एलिना चौहान, शोभा पाण्डे र सदिक्षा कट्टेल, प्रत्यक्ष दोहोरी गायकमा सुमन खड्का, निशान्त विक, राजु लामिछाने, प्रितम आचार्य र सबिन आचार्य तथा प्रत्यक्ष दोहोरी गायिकामा तारा थापा, निशा गुरुङ, सपना रोका, जमुना सुनार र बिमा अनुरागी मनोनयनमा छन्।
कार्यक्रममा उत्कृष्ट एक घोषित गरी अवार्ड प्रदान गरिने स्रोतले बताएको छ । अवार्ड कार्यक्रममा दीर्घ साधना सम्मान, रजत सम्मान, दशकको सम्मान, युवा प्रतिभा सम्मान, डायस्पोरा सम्मान, संगीत पत्रकारिता सम्मान र बालप्रतिभा सम्मानबाट सम्मानित गरिने छ ।