
काठमाडौं । अभीनेत्री करिष्मा मानन्धरले चलचित्र ‘परिवर्तन’ मार्फत कमब्याक गर्ने भएकी छिन् । दुई वर्षअगाडि करिष्माले ‘बगान’ चलचित्रमा अभिनय गरेकी थिइन् । त्यसयता उनले कुनै पनि चलचित्रमा काम गरेकी छैनन् ।
करिष्मासँगै यो चलचित्रमा अञ्जना बराइली र सुशील श्रेष्ठ प्रमुख भूमिकामा देखिनेछन् । चलचित्रमा सुनील थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।
‘परिवर्तन’को छायांकन आगामी हप्ताबाट सुरु हुनेछ । पूर्वी नेपालका विभिन्न जिल्लामा छायांकन हुने चलचित्र यही वर्ष प्रदर्शन हुनेछ ।