
काठमाडौं । चलचित्र ‘मिरमिरे’मा दयाहाङ राई अनुबन्ध भएका छन् । अन्य कलाकार को–को हुनेछन्, त्यो भने उनले खुलाएका छैन । यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । यसअघि सार्वजनिक थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र थिए ।
चलचित्रको निर्देशनसँगै स्टोरी पनि यम शेर्पा स्वयंको रहने प्रेस नोटमा उल्लेख छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सहनिर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन् । यो चलचित्रको कार्यकारी निर्मातामा रोहित कट्टेल छन् ।‘मिरमिरे’लाई २०८२ मा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।