
काठमाडौँ । विदुर नगरपालिकाको बट्टारमा सुविधासम्पन्न ‘शिवालय सिनेप्लेक्स’ हल सञ्चालनमा आएको छ। हलको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका छन्। हलमा अत्याधुनिक प्रविधि र अनलाइन बुकिङ सुविधा उपलब्ध छन् र नेपाली फिल्मको प्रवर्धनमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
विभिन्न कारणले बन्द भएका हलहरूलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउन बोर्डले सुरू गरेको कार्यक्रमअन्तर्गत यो हलको उद्घाटन गरिएको जनाइएको छ । सिनेप्लेक्समा अत्याधुनिक डिजिटल प्रोजेक्सन प्रणाली, उच्चस्तरीय ध्वनि, वातानुकूलित हल, आरामदायी सिट तथा अनलाइन बुकिङ सुविधा उपलब्ध छन् । शनिबार ४ शो र अन्य दिनहरूमा ३ शो प्रदर्शन गरिने जानकारी संचालकले दिएका छन् ।
हलले नेपाली फिल्मको प्रवर्धनलाई प्राथमिकता दिने र मापदण्डअनुसार गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।