‘जन्ते बाख्रो’को ट्रेलर सार्वजनिक

...

काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’को ट्रेलर सार्वजनिक भएको छ । सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाहको शीर्ष भूमिका रहेको  ‘जन्ते बाख्रो’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ट्रेलरले फिल्मको कथावस्तु खुलाएको छ ।

सिमोस सुनुवार निर्देशित यो फिल्मलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । लोकेन्द्र लेखक, विशाल पहाडी, रमा थपलिया, कमल देवकोटा, संगीता शर्मा, समापिका गौतम, रुषा न्यौपाने, कुसुम शर्माको पनि अभिनय यसमा छ ।

प्रदीप भारद्धाजको लेखन रहेको यो फिल्म २३ जेठदेखि प्रदर्शन तयारीमा छ ।