
काठमाडौँ । जापानको ‘जिन्सेओ आरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’मा दुई नेपाली फिल्म ‘पिताम्बर’ र ‘रंगी’ले अवार्ड जित्न सफल भएका छन्। आइतबार भएको फिल्म फेस्टिभलमा अभिनेता सौगात मल्लले पिताम्बरबाट वेस्ट एक्टरको अवार्ड पाए भने सोही फिल्मबाट अनुप विक्रम शाहीले ब्रेक थ्र पर्फमेन्स अवार्ड हात पारेका हुन्। त्यसैगरि सोही फिल्मकी कृषा चौलागाइँले वेस्ट निर्देशकको अवार्ड जित्न सफल भइन्। अभिनेता सलोन बस्नेतले ‘रंगी’बाट ‘ड्रामा क्याटगोरी’बाट वेस्ट एक्टरको अवार्ड जित्न सफल भए। यसैबाट वेस्ट ड्रामाको निर्देशकको अवार्ड सुरेश न्यौपानेले पाएका छन्।
यो फेस्टिभलमा विभिन्न देशका फिल्महरू समावेश भएका थिए। युवा इन्टरटेन्मेन्टले जापानमा नेपाली फिल्म वितरण गर्दै आएको छ। यस अवार्डका प्रमुख आयोजक युना इन्टरटेन्टमेन्टका प्रमुख उज्ज्वल गुरागाई हुन्। उनले यस फेस्टिभलको मुख्य आयोजना गर्नुको कारण नेपाली फिल्मको बजारलाई देश तथा विदेशमा अझ बिस्तार गर्नु रहेको बताएका छन् ।