‘ऊनको स्विटर’ले पायो सुपरहिटको मान्यता

...

काठमाडौँ । चलचीत्र ‘ऊनको स्विटर’ले  सुपरहिटको मान्यता पाएको छ । क्यूएफएक्सले ‘सुपरहिट’ मान्यता दिनुको अर्थ, यो फिल्मले चेनअन्तर्गतका देशब्यापी हलमा पहिलो साता १ करोड ५० लाख रुपैयाँ ग्रसको कमाइ गरेको छ भन्ने हो ।

यसअघि यस्तो टयाग पूर्णबहादुरको सारंगी, छक्कापञ्जा ५, १२ गाउँ, बोक्सीको घर, महाजात्रा, कल्की लगायतका फिल्मले प्राप्त गरेका थिए । विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्विटर’ले १५ दिनसम्म देशब्यापी ७ करोड १० लाख रुपैयाँ ग्रस कमाएको छ ।