
काठमाडौँ । यही जेठ २१ गतेबाट छायांकन सुरु हुन लागेको साइकोलजिकल थ्रीलर फिल्म ‘द ब्लू लाइट’का लागि यतिबेला कलाकार छनोट प्रक्रिया चलिरहेको छ । यसैबीच, निर्माण टिमले मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमाल र अभिनेता अर्पण थापालाई अनुबन्ध गरेको छ । निर्माताले केही दिनअघि उनीहरुसँग लिखित सम्झौता गरेका हुन् ।
‘द ब्लू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । स्काइफल पिक्चर्सको प्रस्तुतिमा बन्न लागेको फिल्मको सह-निर्मातामा रमन ग्रे रहेका छन् । फिल्मको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् ।