डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा दिव्या रायमाझी

...

काठमाडौँ । डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री दिव्या रायमाझी नियुक्त भएकी छन् । हालै कम्पनी र अभिनेत्री रायमाझीबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

डिशहोमसँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै उनले भनिन्, “डिशहोम इन्टरनेट जस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि गौरवको विषय हो । यो सहकार्य केवल एउटा ब्रान्डसँगको सम्बन्ध मात्र नभई लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात पनि हो ।”

डिशहोम इन्टरनेटले रायमाझीसँगको सहकार्यले नयाँ पुस्तासँग अझ सशक्त रूपमा जोडिन मद्दत पुग्ने विश्वास राखेको छ ।