फिल्म ‘परी’ को शुभ मुहूर्त सम्पन्न

...

काठमाडौँ । चलचित्र ‘परी’को शुभ मुहूर्त गरिएको छ । शुक्रबार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजा फिल्मको शुभ–मुहूर्त गरिएको हो ।  फिल्ममा  किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी,  कार्की, निदेश डिसी, दिगविजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी, रेणु दुलाल, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिलालगायतको अभिनय रहनेछ ।

गोविन्द गौतमको लेखन तथा निर्देशन रहने ‘परी’को छायाङ्कन यही जेठ २८–२९ गतेबाट थाल्ने योजना छ । दोलखा र तनहुँ आसपासमा छायाङ्कन हुने फिल्म काल्पनिक परिको कथामा बन्न लागेको हो ।