
काठमाडौँ । चलचित्र ‘ऊनको स्वीटर’ २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल भएको छ। प्रदर्शनको चौथो हप्तामा प्रवेश गर्दै गर्दा चलचित्रले हालसम्म देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ। नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको चलचित्रले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रियासहित दर्शकको साथ पाउँदै आएको छ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले व्यापारको आधारमा यो चलचित्रलाई सुपरहिटको ट्याग पनि दिएको छ।