कृषा चौंलागाइले साइन गरिन् नयाँ चलचित्र

...

काठमाडौँ । ‘पिताम्बर’ चलचित्र  निर्देशक कृषा चौंलागाइले नयाँ फिल्म निर्देशन गर्ने भएकी छन् । एक साता लामो जापान भ्रमणमा पुगेको समयमा निर्देशक चौलागाँइले नयाँ फिल्म साइन गरेकी हुन् । उनले नेपाल, भारत र फिलिपिन्सका कलाकारहरुले एकसाथ काम गर्न लागेको एक अनटाइटल प्रोजेक्ट साइन गरेकी छिन्।

जापानमा रहेर फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा यो फिल्मलाई निर्माण गर्नेछ । यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाँई र निर्देशक कृषा चौलागाइँविच कागजी संझौता भएको हो ।

फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिच्ने पक्का भएको छ । फिल्मको नाम, कलाकारहरुको बारेमा छिट्टै जानकारी दिने निर्माणपक्षले बताएको छ ।